काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अन्तरिम सरकार चुनावको लागि आएको भन्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै दल होमिनुपर्ने मत राखेका छन् । उनले आफू संसद् पूनःस्थापनाको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
कोइरालाले यसपटकको केन्द्रीय कार्यसमितिको बैठकबाट १५औं महाधिवेशनको मिति तय गरिने बताएका छन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघि आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका शेखरले यसपटकको बैठकले महाधिवेशनको मिति नै तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले महाधिवेशनको मिति तय नभएसम्म केन्द्रीय समितिको बैठकको हलबाट आफू नबाहिरिने पनि घोषणा गरेका छन् । उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको खुलाए । सभापति शेरबहादुर देउवाले आजको केन्द्रीय समितिको बेठकमा महाधिवेशनको रोडम्याप ल्याउनेपनि विश्वास दिलाए ।
बरु, पार्टीको कार्यवाहक उपसाभापति पूर्णबहादुर खड्कालाई दिँदापनि हुने र त्यसमा आफ्नो आपत्ति नहुने उनको भनाई छ । शेखरले पार्टीको आसन्न महाधिवशेनमा आफ्नो दाबी सभापतिमा रहने र त्यसको तयारी गरिरहेको खुलाए । गगन थापासँग मिलेर जाने विषयमा छलफल भैरहेको पनि उनको प्रतिक्रिया छ ।




प्रतिक्रिया