काठमाडौं, असोज २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाट प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक शुरू हुन केही समय बाँकी रहेका बेला प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा सुरक्षाका लागि खटिएको प्रहरीले ठूलाे संख्यामा लठ्ठी बरामद गरेकाे हाे । प्रहरीका अनुसार कांग्रेसकाे केन्द्रीय कार्यालयबाट बरामद भएको लठ्ठी कसले कुन उद्देश्यले राखेको हाे भन्नेबारे अनुसन्धान भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले १ बजेबाट सुरु हुँदैछ । आजको बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् । जेन(जी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।
लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा ३५ दिनपछि आज सार्वजनिक हुन लागेका हुन् । अहिले पार्टी कार्यालय बाहिर बाक्लो प्रहरी परिचालन गरिएको छ ।




प्रतिक्रिया