देउवाले पूर्णबहादुर खड्कालाई तोके कार्यवाहक


काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

एक महिनापछि सार्वजनिक भएका देउवाले आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई पार्टीको विधानअनुसार कार्यवाहकको जिम्मा खड्कालाई दिएको घोषणा गरेका हुन् ।

उनले भने,‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।’ उनले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण भने आफ्नो स्वास्थ्य भनेका छन् ।