काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलियाले कमाण्ड सम्हालेका छन्। अनुशासित, अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई बनाउने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवा आरम्भ गरेका थपलियाले आफ्नो तीन दशकभन्दा बढीको सेवाकालमा संगठनका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट र धनुषाको प्रमुख, लागु औषध नियन्त्रण ब्यूरो प्रमुख, मानवश्रोत विकास विभागमा शाखा प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश समन्वय विभागसम्म उनको यात्रा दक्षता, इमानदारी र परिणाममुखी नेतृत्वको बलियो प्रमाण हो।
डीआईजी थपलिया ुलो प्रोफाइलुमा बसेर उत्कृष्ट कार्यसम्पादन गर्न रुचाउँछन्। लागुऔषध नियन्त्रण क्षेत्रमा उनले पुर्याएको योगदान असाधारण मानिन्छ। ब्यूरो प्रमुख रहँदा उनले देशभर फैलिएको गाँजा खेती नियन्त्रणका लागि अभूतपूर्व अभियान सञ्चालन गरे। जसअन्तर्गत सयौँ रोपनी जमिनमा गरिएको अवैध खेती नष्ट गरिएको थियो। उनले गाउँ(गाउँमा पुगेर वैकल्पिक नगदे बाली प्रवर्द्धन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए, जसले प्रहरी(जनताको सम्बन्ध अझ सुदृढ बनायो। उनले साना अपराधीभन्दा पनि मूल अपराधिक सञ्जाल भत्काउने रणनीति अपनाए, जसको परिणाम स्वरूप ठूलो परिमाणमा लागु औषध र तस्करी गिरोह पक्राउ परे। र, कारबाहीको दायरामा आए।
उनको नेतृत्वमा प्रहरीको छवि “दण्ड मात्र होइन, सुसाशनको सन्देश दिने संस्था”को रूपमा स्थापित हुँदै गएको थियो। थपलियाले प्रहरी संगठनभित्र आन्तरिक सुधार र कर्मचारी प्रेरणामा विशेष जोड दिएका थिए। उनले कार्यस्थलमा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता बढाउनका लागि समयसमयमा अभिमुखीकरण र तालिम कार्यक्रम सञ्चालन गरे।
मधेश प्रदेशमा बढ्दो सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्। जनकपुरधाममा कार्यभार सम्हाल्दै उनले भनेका छन्( “शान्ति, सुरक्षा र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनेछ। अपराधविरुद्ध शून्य सहिष्णुता अपनाइनेछ।”
उनको नेतृत्वशैली समन्वयकारी र व्यावहारिक मानिन्छ। उनी स्थानीय तह, नागरिक समाज र समुदाय प्रहरी साझेदारीलाई सुदृढ बनाउँदै नागरिकमैत्री प्रहरी सेवाको विस्तारमा विश्वास राख्छन्। नेपाल प्रहरीभित्र उनलाई निष्पक्ष निर्णयकर्ता, दृढ अनुशासक र दूरदर्शी योजनाकारका रूपमा चिनिन्छ।
डीआईजी थपलियाको आगमनसँगै मधेश प्रदेशमा शान्ति, स्थायित्व र अपराधमुक्त समाज निर्माणको नयाँ अध्याय शुरू भएको अनुभूति प्रदेशवासीले गर्न थालेका छन्। उनको अनुभव, प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्वले मधेशलाई सुरक्षित र शान्त प्रदेशको रूपमा उभ्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया