काठमाडौं, २९ असोज । जेन–जी प्रदर्शनका क्रममा नेपाल प्रहरीकाे एसएलआर राइफल लुट्ने सम्राट भनिने राजु परियार पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरले मंगलबार सुनाकोठीबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरले परियारलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।
उनले जेन–जी आन्दोलनको क्रममा एसएलआर राइफल बोकेर सिंहदरबारको मुल गेटमा प्रदर्शन गरेको फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । परियारविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको बताइएको छ ।
पक्राउ परेका परियारको भूष्ठभूमि भने आपराधिक रहेको पाइएको छ । परियारविरुद्ध हालसम्म विभिन्न ८ वटा मुद्दा चलेको पाइएको छ । अपराध रेकर्ड सिस्टममा देखिएअनुसार उनीविरुछ ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, ठगी, बैंकिङ्ग कसुरलगायतका मुद्दा यसअघि नै चलिसकेका छन् । उनी २०६४ र ०७० सालमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए ।




प्रतिक्रिया