सरकारी कार्यालहरुमा थर्काउँदै हिँड्ने जेनजी अभियन्ता अर्जुन शाही पक्राउ


काठमाडौं, २९ असोज । आफूलाई जेनजी अभियन्ता बताउने अर्जुनबहादुर शाही पक्राउ परेका छन् । शाहीलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न सरकारी कार्यालयहरुमा जेनजीको नामा आतङ्क फैलाउँदै आएका थिए ।

सरकारी कार्यालयहरुमा गएर हुलहुज्जत गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । यद्यपि शाही यसअघि पनि चोरी, ठगी र बैंकिङ्ग कसुरको अभियुक्त रहेको खुल्न आएको छ ।