ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्दै एमाले केन्द्रीय सदस्य


काठमाडौं, असोज ३० । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजपनि जारी रहने छ। दोस्रो दिनको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्नेक्रम जारी रहनेछ। हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार पालो मिलाइएको छ। सदस्य वक्ताको लागि तीन मिनेट बोल्ने समय दिइएकाले उक्त समयसिमा भित्र आफ्ना धारणा नटुंग्याए माइक काटिने प्रबन्ध गरिएको छ। हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने विशेष प्रस्ताव गरेका थिए ।