काठमाडौं, ३० असोज । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भ्रष्टाचार, दण्डहीनता र कुशासनको अन्त्यका लागि ऐक्यबद्ध अभियान सञ्चालन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन–पत्र बुझाउने भएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले परिपत्र गर्दै केन्द्रबाट तयार गरिएको ज्ञापन–पत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्य सम्पूर्ण जिल्ला समितिहरूले एकैपटक सशक्त रूपमा सञ्चालन गर्न निर्देशन गरेका हुन् ।
‘प्रत्येक जिल्ला समितिले यसैसँग संलग्न ज्ञापन–पत्रको ढाँचाअनुसार आफ्नो जिल्लाको नाम उल्लेख गरी प्रमुख जिल्ला अधिकारीज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई बुझाउने,’– परिपत्रमा भनिएको छ ।
ज्ञापन–पत्र बुझाउँदा स्थानीय सञ्चार माध्यम र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा शान्तिपूर्ण र मर्यादित ढंगले कार्यक्रम सम्पन्न गर्न पनि भएको छ । त्यस्तै, ज्ञापन–पत्र बुझाइसकेपछि प्रतिलिपि र फोटो अभिलेखका लागि केन्द्रीय कार्यालयमा पठाउन पनि भनिएको छ ।
लोकतान्त्रिक अभ्यास, संविधानको रक्षा, शान्ती सुरक्षा कायम गर्न, विधिको शासन र सुशासन प्रवर्द्धनका लागि निरन्तर संघर्ष जारी राख्ने अठोट दोहोर्याउँदै सबै जिल्ला समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष शेर्पाले आग्रह गरेका छन् । परिपत्रमा असोज ३१ गतेसम्म आ–आफ्नो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई दर्ता गराउन भनिएको छ ।




प्रतिक्रिया