ओलीको पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने तयारी


काठमाडौं, ३० असोज । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । यससम्बन्धी निर्णय आजको मन्त्रिपरिषद् बैठकबाट हुने बताइएको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाउने तयारी गरेको राजदूतहरुमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायत रहेका छन् ।

त्यसैगरी बेलायतका नेपाली राजदूत चन्द्रकुमार घिमिरे, इजरायलका नेपाली राजदूत धनप्रसाद पण्डित, जर्मनीका लागि नेपाली राजदूत शाहिल रुपाखेती, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहानलाई पनि फिर्ता बोलाउने तयारी रहेको बताइएको छ ।

स्रोतका अनुसार मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिम्सिना, साउदी अरेबियाका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेललगायतलाई पनि फिर्ता बोलाउने राजदूतहरुको सूचीमा राखेको बताइएको छ ।