गाजा पट्टीमा मानवीय आपूर्ति ल्याउन असमर्थ : युएनआरडब्लुए


गाजा, ३० असोज । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले केही दिन अघि युद्धविराम लागु भए पनि गाजा पट्टीका लागि छुट्याइएको कुनै पनि मानवीय आपूर्ति ल्याउन यूएनआरडब्लुए असमर्थ भएको बताएका छन् ।

चरम असहजताका बावजुट अबु हसनाले युएनआरडब्लुए गाजा पट्टी भित्र मानवीय कार्यको मेरुदण्ड भएकाले त्यहाँ प्रतिक्रियाको नेतृत्व गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उनले गाजामा मानवीय प्रयासहरूबाट युएनआरडब्लुएलाई बहिष्कार गर्नु भनेको यस प्रक्रियाको पतनका साथै यसमा जनताको विश्वासको कमी भएको बताएका छन्। उनले युएनआरडब्लुएका कर्मचारीहरूले कठिनाइहरूको बाबजुद पनि आफ्नो काम जारी राखे ता पनि उनीहरूलाई इजरायली सेनाले खाद्यान्न सहायता वितरण गर्नबाट रोकेको बताएका छन् ।

अहिलेसम्म इजरायलले युएनआरडब्लुएलाई खाना र गैर–खाद्य सहायता ल्याउन अनुमति दिएको छैन, जुन गाजा पट्टीको गेटमा पर्खिरहेका छ हजार ट्रकहरूमा राखिएको छ । यी ट्रकहरूमा तीन महिनाका लागि गाजा पट्टीका बासिन्दाहरूका लागि पर्याप्त खाद्यान्न आपूर्ति रहेको उनले बताए।

समस्या ग्रस्त गाजनहरुका लागि युएनआरडब्लुएसँग सयौं हजार कपडा, साथै ठूलो मात्रामा औषधि पनि रहेको अबु हसनाले बताएका छन् । युद्ध र गोलीबारी रोकिएता पनि दुर्भाग्यवश यो युद्धको पीडाको निरन्तरता कायम रहेको उनले बताएका छन् । रासस