सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं, ३० असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । केहीबेरदेखि बैठक चलिरहेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

आजको बैठकको एजेण्डाहरुमा भने जानकारी गराइएको छैन । स्रोतका अनुसार सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पालामा नियुक्त भएका विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

आजको मन्त्रिरिषद् बैठकले भारत, चीन, अमेरिकालगायतका देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गर्ने बताइएको छ ।