मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भनेर सोध्दा प्रधानमन्त्री कार्की रिसले फायर, फर्काइन् रुखो जवाफ


काठमाडौं, ३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने भनेकी छिन् । सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले मन्त्रिपरिषद कहिले विस्तार हुन्छ भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री कार्की झोक्किएकी छिन् ।

उनले जवाफमा भनिन्,‘भएको भई छ नि ।’ यसअघि चार जना युवाहरुको नाम मन्त्रीको लागि सिफारिश भएको थियो । उनीहरुको शपथ यही सोमबार हुने भनिएको थियो । तर, केही नाममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्नबाट रोकिएको चर्चा छ ।