काठमाडौं, असोज ३१ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिसँग नेपालको वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत ‘ब्रिफिङ’ गर्दै छिन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकका लागि नेपालमा कार्यरत सबै देशका राजदूत तथा कूटनीतिक मिसनका प्रमुखलाई निमन्त्रणा गरिएको छ ।
बैठकमा नेपालको समसामयिक राजनीतिक परिस्थिति, सरकारको आगामी नीति–दिशा र अन्तरिक सरकारले तोकेको प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा जानकारी दिने र परामर्श आदान–प्रदान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया