काठमाडौं, असोज ३१ । नेपाल प्रहरीले आज आफ्नो स्थापनाको ७० औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उपस्थितिमा विभिन्न कार्यक्रम गर्दै मनाइएको हो।
प्रहरी प्रधान कार्यालयमा श्रद्धाञ्जली समारोह, अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरिएको छ। कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरेका छन् ।
समारोहमा विशिष्ट अतिथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, पूर्व आयुक्त एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक, गृह सचिव, अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य विशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन्।




प्रतिक्रिया