नेविसंघले आईजिपीलाई बुझायो ज्ञापनपत्र, देउवा दम्पतिमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग


काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेनजी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरिएको छ । अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको नेविसंघको टोलीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

नेविसंघले भनेका छ, ‘नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टीका श्रद्धेय सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथि सुनियोजित ढङ्गले भएको साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याई विद्यमान कानुनी व्यवस्था अनुसार कारवाही गर्न माग गर्दछौं ।’

ज्ञापनपत्रसहित