काठमाडौं, ३१ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यस्ता कामहरु तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।
‘अहिले बनेको सरकारले माओवादी आन्दोलनका र गणतन्त्र पक्षधरका ती नेताहरुलाई धरपकड गर्ने, सुरक्षामा थ्रेट दिने, आरोप लगाउने, कुप्रचार गर्ने कार्यहरु भइरहेका छन्,’– उनले भने ।
अखिल (क्रान्तिकार) का अध्यष सापकोटाले तत्कालीन सकरारले जेन–जी आन्दोलनको क्रममा ड्रेसमा आएका विद्यार्थीहरुमाथि गोली हानेको भन्दै आपत्ति जनाए । उनले गोली हान्न आदेश दिने दोषीमाथि कारबाही गरिनुपर्ने बताए । यो कुरा आफूहरुलाई सह्य नरहेको पनि उनले बताए ।
‘यो सरकारले भदौ २३ गते भएको आन्दोलनमा ड्रेसमै रहेका विद्यार्थीहरुलाई हत्या गरियो । ती हत्याराहरुलाई छानविन गरेर कारबाही गर्नुको साटो अन्तै कुरा मोड्न खोजिरहेको छ, यो हामीलाई चित्त बुझिरहेको छैन । यो हामीलाई सह्य पनि छैन,’– उनले भने ।
साथै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्नका लागि त्रिताल आयोग गठन गरिएको र सो आयोगले तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदनसमेत बुझाइसकेकाले त्यो प्रतिदेन सार्वजनिक गर्न माग गरे ।
‘हाम्रा अध्यक्ष प्रधानमन्त्री भएको बेलामा त्रिविको अतिक्रमित जग्गा छानविनका लागि त्रिताल आयोग गठन भएको थियो । त्यतिबेला त्रिताल आयोगले त्रिभुवन विश्वविद्यालयमा हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमित भएको भनेर तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन गायब भएको छ । त्यो बारे खोज अनुसन्धान हुनुपर्छ,’– उनले भने ।
नेता सापकोटाले अब तोकिएको मिति अगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताए । चुनाव भाड्नका लागि वर्तमान सरकारदेखि जेन–जी आन्दोलन हाइज्याक गर्नेहरुसम्म लागिरहेको उनले बताए ।
‘तोकिएकै मितिमा चुनाव होस् । जेन–जीले देखेको सपना पूरा गर्ने बाटोमा तपाईँ हामी सबै लागौं । चुनावलाई विथोल्न यो सरकार र जेन–जी आन्दोलनको हाइज्याक गर्नेहरु लागिरहेका छन् कि भन्ने हामीलाई लागिरहेको छ,’– उनले भने ।




प्रतिक्रिया