बालेन र सुधनविरुद्ध तनहुँमा पनि जाहेरी


काठमाडौं, ३१ असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा किटानी जाहेरी परेको छ । नेकपा (एमाले) निकट जनसंगठनका नेता तथा कार्यकर्ताहरुले जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँमा बालेन र सुधनविरुद्ध उजुरी दिएका हुन् । अनेरास्ववियुका तनहसम् संयोजक आशिष पौडेल र युवा संघ नेपालका अध्यक्ष सुरेन्द्र तामाङले संयुक्त रुपमा जाहेरी दिएका छन् ।

बालेन र सुधनमाथि जेन–जी आन्दोलनको क्रममा देशको मुख्य प्रशासनिक, न्यायापालिका भवन, निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्ने, प्रहरी तथा विद्यार्थीको ज्यान जाने गरी भीडलाई उक्साएको आरोप छ ।