पूर्व गृहसचिव दुवाडीको विदेश भ्रमणमा लगाइएको रोक यथावत, उपत्यका छाड्न भने पाउने


काठमाडौं, ३१ असोज । पूर्व गृहसचिव गोकर्णमणि दुवाडीमाथि लगाइएको विदेश भ्रमणको रोक यथावत राखिएको छ । भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले पूर्व गृहसचिव दुवाडीमाथि विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाएको थियो । पूर्व गृहसचिव दुवाडीले उपत्यका छाड्न नपाउने गरी लगाइएको रोक भने हटेका छ ।

सरकारको आग्रहमा दुवाडीको हकमा आयोगले सो निर्णय गरेको हो । दुवाडी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक भएकाले सातै प्रदेशमा जानुपर्ने भएकाले उपत्यका छाड्न नपाउने रोक हटाइएको आयोगले जारी गरेको सूचनामा भनिएको छ ।