आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमाले सहभागी नहुने ओलीको उद्घोष


काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय समितिको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका हुन् । एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिँदै आएको छ ।

गत बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक आज सकिएको छ । ओलीको निर्वाचनमा सहभागी नहुने उद्घोषको उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए । उपाध्यक्षद्वयले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर होहल्ला भएको थियो ।