काठमाडौं, ३१ असोज । नेकपा (एमाले) को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय समिति बैठकले पार्टीको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मितिसहित राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ओलीले पेश गरेको प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतले उक्त मिति पारित गरिएको हो । बैठकले अध्यक्ष ओलीको प्रतिवेदन पनि सुझावसहित सर्वसम्मतले पारित गरेको छ ।




प्रतिक्रिया