काठमाडौं, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको आज हुने केन्द्रीय समितिको भर्चुअल बैठकमा आगामी विस्तारित बैठकको सहभागी, विस्तारित बैठकको एजेण्डा र विस्तारित बैठकमा प्राप्त सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल हुने भएको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, सचिावलय बैठकले परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माण सम्बन्धमा भएका प्रयासहरू बारे छलफल गर्दै उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय पनि गरेको छ । संवाद समितिको उपसंयोजकमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिशिर खनाल र सदस्यमा केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री डा.तोसिमा कार्कीलाई मनोनयन गरिएको छ । त्यसैगरी संवाद समितिमा आवश्यकताअनुसार पार्टी सचिवालय सदस्यहरूलाई संवाद दूतका रुपमा संलग्न गराउने निर्णय भएको छ ।
त्यस्तै, रास्वपाको सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लक्षित गरी गठन गरिएको वाचापत्र तयारी समिति विस्तार गर्ने निर्णय गरेको छ । समितिमा सचिवालय सदस्य एवं पूर्व प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य सोबिता गौतम, केन्द्रीय सदस्य गणेश कार्की र केन्द्रीय सदस्य डा.नन्दन यादवलाई मनोनयन निर्णय भएको छ ।




प्रतिक्रिया