काठमाडौं, कार्तिक १ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार पनि बस्दैछ । असोज २८ गते शुरु भएको बैठकमा विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बैठक बस्न लागेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा धारणा राख्ने धेरै जसोले मङ्सिर भित्र नै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
सुरुको दिन सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठक त्यसयता कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ। देउवाले असोज २८ गते कार्यकारी भूमिका त्यागेको घोषणा गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
हिजो शुक्रबारको बैठकमा २५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। त्यसअघि बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। अब आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन्।




प्रतिक्रिया