काठमाडौं, १ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आगजानी र तोडफोडमा परेको पार्टी मुख्यालय च्यासलमा जाने भएका छन् । पार्टीको एक कार्यक्रममा सहभागी हुन आज दिउँसो साँढे १ बजे अध्यक्ष ओली पार्टी कार्यालय आउने तय भएको एमालेका एक नेताले जानकारी दिए ।
हिजोमात्रै पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष ओलीले अघि सारेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । एमालेले मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म पोखरामा ११औं महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ।
ओलीले फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने भनेका छन् । उनले प्रतिनिधिसभा पूनःस्थापना गरिनुपर्ने र यसको लागि सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने भनेका छन् । file photo




प्रतिक्रिया