सुरक्षा निकायका प्रमुखहरुसँग राष्ट्रपति, प्रधानमन्त्रीलगायतको बैठक निर्वाचन र सुरक्षाको विषयमा केन्द्रित


काठमाडौं, १ असोज । राष्ट्रपति निवास शीतलनिवासमा बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक सकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित भएको बताइएको छ । सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए । उनीहरुले अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू प्रस्तुत गरे ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोत साधन दिन तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको जानकारी दिए ।