जेन-जी अगुवा ढुङ्गानाद्वारा दल खोल्ने घोषणा, बटमलाइन प्रत्यक्ष निर्वाचित कार्यकारी


काठमाडौं, १ कात्तिक । जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले राजनीतिक दल खोलेर अगाडि बढ्ने घोषणा गरेका छन् । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्न लागेको जानकारी गराएका हुन् । दलको नामको सन्दर्भमा भने छलफल भइरहेको उनको भनाइ छ ।

ढुङ्गानाले आफूहरुले चुनावमा जान भनेर दल खोल्न नलागेको पनि प्रष्ट पारे । उनले आफूहरुको बटमलाइन प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको बताए । देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म आफूहरुको आन्दोलन जारी रहने र आन्दोलनलाई छोडेर नजाने उनले बताए । उनले सबै जेन–जीहरु एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो बटमलाइन हो। त्यो मुद्दालाई सुन्नौं पर्छ। हामी चुनावमा जानभन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौं,’– उनले भने ।