काठमाडौं, १ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलि (आइतबार) सम्पादकहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठक अनि बैठकले लिएका निर्णयका सन्दर्भमा ब्रिफ गर्न ओलीले भोलि मूलधारका मिडियाका सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।
जेनजी आन्दोलनपछि यसअघि नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले पनि सम्पादकहरुसँग अन्तरक्रिया गरिसकेका छन् ।




प्रतिक्रिया