विपिनको शव भोलि काठमाडौं ल्याइँदै


काठमाडौं, २ कात्तिक । कञ्चनपुरका विपिन जोशीको शव भोलि नेपाल ल्याइने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनको शव प्लाई दुवईको विमानमार्फत भोलि (सोमबार) काठमाडौं ल्याइने भएको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुने बताइएको छ ।

वि.सं.२०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको आक्रमणको क्रममा विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको थियो । हमासले विपिनको शव इजरायललाई बुझाइसकेको छ । उनको मृत्यु २०२३ को अन्त्यतिर भएको फेन्सिक ल्यावको परीक्षणबाट पत्ता लागेको छ ।

विपिन अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।