अब गुटको होईन विचारको दुकान खोल्नुपर्छ : चन्द्र भण्डारी


काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. चन्द्रकान्त भण्डारीले पार्टीभित्र अब गुटका दुकान बन्द गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो धारणा राखेका हुन् । उनले अब महाधिवेशनमा जानुपर्नै र विगतका मापदण्ड बदल्नुर्ने मत राखेका छन् ।

पार्टीभित्र अब गुटको दुकान बन्द गरेर विचारको दुकान खोल्नुपर्ने उनको सुझाव छ । उनले अब नाटक नचल्ने भन्दै नेतृत्वको कसीमा उत्रिनुपर्ने भनेका छन् । त्यसको लागि अब अलमल गर्न नहुने उनको मत छ । भण्डारी नेपाली कांग्रेसभित्र गुट तथा उपगुट गर्न नहुने भनेर लागिपरेका नेताको रुपमा परिचित छन् ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठक सुरु हुने दिनपनि उनले एजले नभई एजेण्डाले लिड गर्ने नेता चाहिएको भनेका थिए । उनले देश बनाउने भिजन हुँदा उमेरले केही असर नगर्ने मत राखेका थिए ।