हावाहुरीले श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा करिब १०० घर क्षति


कोलम्बो, २ कात्तिक  । श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा जारी प्रतिकूल मौसमका कारण आएको तीव्र हावाहुरीले करिब १०० घरमा क्षति पुगेको छ ।

विपद् व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकारी प्रदीप कोडिप्पिलीका अनुसार, प्रभावित नागरिकलाई सहयोग पु¥याउन आवश्यक सबै कदम चालिएको छ ।

मौसम विभागले आगामी दिनमा पश्चिम, साबरगमुवा, मध्य, उवा, उत्तर मध्य, पूर्वी र उत्तर पश्चिम प्रान्तका केही क्षेत्रमा १०० मिलिमिटरसम्म भारी वर्षा हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

साथै, आगामी २४ घण्टाका लागि छ वटा जिल्लामा पहिरोको चेतावनीसमेत जारी गरिएको छ । रासस