राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि गरिँदै, शवयात्रामा उर्लियो मानवसागर


काठमाडौं, कार्तिक ४। हमास युद्धका क्रममा इजरायलमा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको शव यात्रा पछि महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल पठाएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमामार्फत शव धनगढी विमानस्थल पु¥याइएको हो ।

विपिनको ल्याइएपछि नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेको छ । राजदूतसहितको इजरायली प्रतिनिधिले विपिन जोशीको घरमा पुगेर परिवारलाई बुझाएको हो । स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, आफन्तजन र शुभेच्छुकलगायतले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। विपिनको घरमा सोमबार बिहानदेखि नै शोकाकुल भीड लागेको थियो।