काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको ७ दलको बैठकमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र पम्फा भुसााल सहभागी हुने भएका छन् । प्रमुख राजनीतिक दलहरुलाई प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको तयारीको सन्दर्भमा छलफलमा बोलाएकी हुन् ।
प्रधानमन्त्री कार्कीले पहिलोपटक राजनीतिक दलहरुसँग योस्तरको राजनीतिक सम्वाद गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितलनिवासमा राजनीतिक सम्वाद भएको थियो । तर, निर्वाचनको लागि प्रधानमन्त्री कार्कीले नै दलहरुसँग सम्वाद थाल्नुपर्ने आवाज उठेपछि प्रधानमन्त्री कार्कीेले यो अग्रसरता लिएकी हुन् ।
नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाल सहभागी हुने भएका छन् । उता, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली बैठकमा भाग लिन जाने भएका छन्। file photo




प्रतिक्रिया