पार्टी नेतृत्वका फैसला मंसिरमा हुने महाधिवेशनले गर्छ : प्रदीप ज्ञवाली


काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले अब नीति र नेतृत्वको तय अब महाधिवेशनले नै गर्ने बताएका छन् । आज (मंगलबार) भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्तामा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाऊ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ ।’

उनले पार्टीको ११औं महाधिवेशन तोकिएकै मितिमा हुने बताए । जेनजी आन्दोलनपछि एमालेमा पनि नेतृत्व परिवर्तनको बहस छ । हालै सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयमा छलफल भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वमा फेरि आउने स्पष्ट सन्देश दिएका छन् । file photo