बालुवाटारको बैठक सुरु, को-को सहभागी ?


काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दलका नेताहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आगामी फागुन २१ गतेको लागि तय गरिएको निर्वाचनको तयारीको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज पहिलोपटक राजनीतिक दलका प्रतिनिधिहरुसँग बालुवाटारमा सम्वाद थालेकी हुन् ।

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री डा। मदन परियार सहभागी छन् । यस्तै प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालको पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका नेताद्धय गगन थापा र प्रकाशशरण महत, एमालेका नेताद्धय शंकर पोखरेल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेताद्धय वर्षमान पुन र पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी) का नेताद्धय राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, रास्वपाका नेताद्धय स्वर्णिम वाग्ले र सोविता गौतमको सहभागिता छ ।

बैठकमा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल र जनमतबाट चन्दन सिंह सहभागी रहेको बालुवाटारले जनाएको छ । यस्तै, बैठकमा पर्यवेक्षकको रुपमा प्रा.डा. केदारभक्त माथेमा र विद्याधर मल्लिकको पनि सहभागिता रहेको छ ।

तस्विर स्रोत : प्रम कार्कीको सचिवालय