काठमाडौं, ५ कार्तिक । चर्चित हाँस्यकलाकार किरण केसी ‘राता मकै’ ले अबको निर्वाचनमा आफ्नो घरको गेटमा नै ‘कृपया, ५५ वर्षमाथिको मान्छे मेरो घरमा भोट माग्न नआउनुहोस, अन्यथा समयमात्रै खेर जान्छ’ भनेर लेख्ने बताएका छन् । अब चुनावमार्फत युवा पुस्ता नै आउनुपर्ने उनको मत छ ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चुनावमा पहिलो प्राथमिकतामा जेनजी रहेको बताए । तर, जेनजीको योग्यता, कुन धारको हो ? उद्देश्य के हो ? भनेर बुझेरमात्रै भोट हाल्ने उनको भनाई छ । ५५ वर्षमाथिको अब भोट नहाल्ने उनको घोषणा छ । सरकारले चुनावको वातावरण बनाउनको लागि ढिलाई गरेको उनको गुनासो छ । उनले सुरुमै चुनाव हुनेमा शंका व्यक्त गरे ।
उनले भने,‘मैले त सुनेको कुरा, यत्रो हातहतियार लुटिएको छ, जेलबाट यतिका कैदीहरु भागेका छन्, भयावह अवस्था छ, भोट माग्न जानपनि कठिन छ, अहिले त आतंकित हुने सम्भावना बढि छ, अहिलेको सरकारले खासगरी गृह प्रशासनले शान्ति सुरक्षाको प्रत्याभूतिको लागि पनि सुरक्षा निकायको मनोवल उच्च बनाउनुपर्छ । अहिलेका दलहरुलाई पनि बैठकमा धेरै अगाडि बोलाउनुपर्दथ्यो, चुनाव गराउँछु भन्ने सरकारले पार्टीहरुलाई बोलाउनुपर्छ नि ।’




प्रतिक्रिया