उज्यालो नेपाल पार्टीमा मेरो आबद्धताको विषयमा कुनै छलफल भएको छैन : मन्त्री घिसिङ


काठमाडौं, ६ कार्तिक । उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो आवद्धताको बारेमा कुनै छलफल नभएको बताएका छन् । उनले सो दल र उक्त पार्टीका अध्यक्षको हवला दिँदै सामाजिक सञ्जाल र सञ्चार माध्यममा आफूलाई जोडेर प्रकाशन भएका सूचना र समाचारप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको बताएका छन् ।

सोबारे आफ्नो फेशबुकमा मन्त्री घिसिङले लेखेका छन्

उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचनारसमाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफलरसल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।