काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका बहुमत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेर निवेदन दिएपछि महाधिवेशन गर्न अब बाध्यकारी रहेको बताएका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले सुरु भएको केन्द्रीय कमिटीको बैठकले विशेष महाधिवेशन बोलाउने वा मंसिरभित्रै नियमित महाधिवेशन गर्न निर्णय लिनसक्ने बताएका छन् ।
पार्टीभित्र अब कसैले पनि पार्टी कब्जा गर्छु वा नियन्त्रणमा राख्छु भनेर नसोचे हुन्छ भन्ने उनको चेतावनी छ । उनले महाधिवेशन प्रतिनिधिहरुको बहुमत संख्याले विशेष महाधिवेशन गरेको अवस्थामा अहिले कोही पनि पार्टी फुटाउने खेलमा नलागेको स्पष्ट पारे । उनले महामन्त्री गगन थापा यही पार्टीलाई रुपान्तरण गर्नको लागि लामो समयदेखि लागिपरेको बताए । महामन्त्री थापाविरुद्ध पार्टी फुटाउँछ भनेर आरोप लगाउनु भनेको भद्दा आरोपमात्रै भएको र यसमा कुनै दम नभएको उनको भनाई छ ।




प्रतिक्रिया