डेडिकेटेड ट्रंक लाइनको महशुल नतिर्ने थप १८ उद्योगको लाइन काटियो


काठमाडौं, ८ असोज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको महशुल नतिर्ने थप १८ उद्योगको लाइन काटिएको छ । प्राधिकरणले शुक्रबार साँझ सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक डेडिकेटेड ट्रंक लाइन महशुल विवादमा रहेका सबै उद्योगहरुको लाइन काटेको हो । सरकारले यसअघि ६ उद्योगको लाइन काटेको थियो ।

प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन महशुल विवादमा रहेका उद्योगहरुलाई महशुल तिर्नका लागि पटक–पटक आग्रह गरेको थियो । ती उद्योगहरुले किस्ता बुझाउन नआएपछि अन्ततः प्राधिकरणले लाइन काटेको हो । डेडिकेटेड ट्रंक लाइनको महशुल नतिर्ने उद्योगहरुबाट प्राधिकरणले २२ अर्ब बक्यौता उठाउन बाँकी रहेको छ ।