प्रधानमन्त्री कार्कीद्धारा गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल


काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको छलफल करिब २ घण्टा चलेको प्रधानमन्त्री कार्कीको सचिवायले जर्नाएको छ ।

प्रधानमन्त्री कार्कीले चुनावको वातावरण, अहिलेको शान्ति तथा सुव्यवस्थाको विषयमा छलफल गरेको बताईएको छ । यसको अलावा छठलगत्तै एउटा समूहले निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको अवस्थामा कसरी अघि बढ्ने र कस्तो सुरक्षा रणनीति अपनाउने भनेर छलफल गरेको बुझिएको छ । आजको छलफलको विषयमा प्रधानमन्त्रीको सचिवालयले विस्तृत विवरण खुलाईसकेको छैन् ।