तोषिमा कार्कीले किन भनिन्–‘यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला’


काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व सांसद डा. तोषिमा कार्कीले मिथ्या आरोप लगाएर निरन्तर आफूमाथि प्रहार नगर्न अनुरोध गरेकी छिन् । रास्वपालाई हुर्काउन, बढाउन र सवल बनाउन आफूले पनि दुःख गरेको उनको भनाई छ । तर, पार्टीलाई थप लोकतान्त्रिक र समयसापेक्षित रुपान्तरित बनाउने आफ्नो प्रयास फरक रहेको उनको स्पष्टोक्ति छ ।

पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछानेविरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाईएको भन्दै यसरी भाष्य बनाउनेहरुको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम गरेको भन्दै त्यस्तो नगर्नपनि सुझाएकी छिन् । आज फेशबुकमार्फत उनले यस्तो धारणा राखेकी हुन् ।

उनले लेखेकी छिन्–

कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला। यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो।

पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला

मेरा अनुरोध स्पष्ट छन्।
१) विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूरण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।

२) बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्विकार्ने÷अस्विकार गर्ने÷ तोकिएका संसोधन सहित स्विकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ।

३) न्भलश आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटि आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्री सचिवालय, पदाधिकारी, समितीको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।

अब यहि कुरामा पटक पटक स्पष्टिकरण दिन वाध्य नपार्नुहोला बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेसनका मोडालिटीमा बसह गरौँ।