जेन-जी प्रदर्शनकारीहरु पक्राउ परेपछि एमाले महासचिव पोखरेलको प्रतिक्रियाः माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको लागि मात्रै होइन


काठमाडौं, ८ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माइतीघरलाई बालेन शाह, सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरुको मात्रै प्रदर्शनस्थल बनाउन खोजिएको टिप्पणी गरेका छन् । उनले माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै नरहेको पनि बताएका छन् । सरकारले आज प्रदर्शनमा उत्रिएका जेन–जी युनाइटेडका ५० जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो ।

सरकारले उक्त कदमलक्षित गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन । सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।’