काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तोकिएकै मितिमा निर्वाचन गर्न नसकने सुशीला कार्की नेतृत्वको सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । यो सरकारको मुख्य अभिभारा नै निर्वाचन भएकोले त्यसको लागि सरकार इमानदार बन्नुपर्ने उनको भनाई छ । उनले अहिले सरकारको भूमिका नै चुनाव गराउने भन्दापनि वातावरण खलबल्याउनेतर्फ उद्धत रहेको बताए ।
गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुशीला कार्की नेतृत्वको सरकार जनादेश प्राप्त नभएकाले निर्वाचन सम्पन्न गर्नुपर्ने महरको भनाई छ । उनले भने, ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारी, राजनीतिक दलका नेता र नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो।’




प्रतिक्रिया