काठमाडौं, ८ कार्तिक । उर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सिंहदबारभित्र निर्माणाधीन संसद् भवनको निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । आज (शनिबार) सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री घिसिङले फागुन २१ को निर्वाचनबाट चुनिने सांसदले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । मन्त्री घिसिङले निर्माणाधिन नयाँ संसद् भवन छिटो बनाउन नसकिए धेरै असर पर्ने स्थिति रहेको बताउँदै यसतर्फ ध्यान दिन निर्माण कम्पनीलाई सचेत गराए ।
समयमै काम नसके जरिवाना लिनेपनि उनको चेतावनी थियो । गत भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँ बानेश्वरमा रहेको संसद् भवन जलेको छ । अहिले सो भवन परिसरमा सिंहदरबारलगायत सरकारी जलेका गाडीहरु डम्पिङ गरेर राखिएको छ । file photo




प्रतिक्रिया