गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्री नियुक्त गर्ने तयारी


काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। नियुक्त हुने चार जना मन्त्रीको सपथ आजै हुने बताइएको छ ।

नियुक्त हुने मन्त्रीहरुको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । मन्त्री बन्ने सूचीमा रहेका गणपतिलाल श्रेष्ठको भने मन्त्रालय परिवर्तन भएको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा श्रेष्ठको नाम चर्चामा रहेको थियो । तर, राष्ट्रपतिको कार्यालयमा पत्र पठाउँदा भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने गरी उनको नाम पठाइएको छ ।

त्यसैगरी, डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको छ ।