जेन-जी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पाँच जना पक्राउ


काठमाडौं, ९ कात्तिक । जेन–जी आन्दोलनको क्रममा प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा गोरखाका सोमबहादुर गुरुङ, तनहुँका राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगर रहेका छन् । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरी परिसर काठमाडौले बताएको छ । यसअघि प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।