काठमाडौं, १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रुपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गरेका छन् । “यस पर्वले हामी सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास लिएको छु,” उनले भनेका छन् ।
छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबीचको सन्तुलन सन्देश दिने उनले उल्लेख गरेका छन् । “यसले श्रम, संयम र निष्ठाको मूल्य सिकाउँदै समाजमा सहकार्य र एकताको अपरिहार्यताको बोध पनि गराउँछ,” शुभकामना सन्देशमा भनिएको छ, “पर्वले आपसी सद्भाव, भाइचारा र सामूहिक एकताको सन्देश बोकेको र हामी सबैलाई शान्ति, समृद्धि तथा उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भत्रे कामना गर्दछु ।”
कोशी प्रदेश विभित्र जातजाति, भाषा, धर्म र संस्कृतिकको विविधताले समृद्ध प्रदेश भएको उनले सन्देशमा उल्लेख गरेका छन् । प्रदेश सरकार यही विविधतालाई आफ्नो पहिचानको आधार मानेर यसको संरक्षण र संवद्र्धनका लागि निरन्तर प्रयास गरिरहेको छ । मुख्यमन्त्री कार्कीले सन्देशमा भनेका छन्,“सबै समुदायको आपसी सम्मान, सहिष्णुता र एकतामा नै हाम्रो साझा बल र विकासको आधार रहेको मैलै विश्वास लिएको छु ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न पनि हाम्रा विविधतायुक्त संस्कृति र परम्पराहरु महत्वपूर्ण कोसेढुङ्गा हुने मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन् । उनले सूर्य भगवानप्रति समर्पित पवित्र छठ पर्वले सबैमा नयाँ ऊर्जा, उत्साह र उमङ्गका साथ स्वस्थ जीवन, सुख, शान्ति र प्रगतिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको सन्देशमा उल्लेख गरेका छन् ।




प्रतिक्रिया