एमालेले अर्घाखाँचीमा निकाल्यो सद्भाव र्याली


काठमाडौं, १० कार्तिक । नेकपा (एमाले) ले अर्घाखाँचीमा आज सद्भाव र्याली निकालेको छ । एमाले नेता महेश बस्नेतले जनाएअनुसार पार्टीको अर्घाखाँची जिल्ला कमिटीको आयोजनामा आज भव्य जनप्रदर्शन तथा सद्भाव र्‍याली सम्पन्न भएको हो ।

सो र्यालीमा स्थानीय नागरिक, पार्टी कार्यकर्ता र समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । र्यालीले अर्घाखाँचीभर देशभक्ति र एकताको सन्देश प्रवाहित भएको जनाईएको छ ।