कविता


  • प्रकाश खनाल

कविताले देशलाई ब्युँझाउन सक्छ
निदाएको व्यक्तिलाई उठाउन सक्छ ।
दुखमा परेको मान्छेलाई हसाउन सक्छ
विकासको मुहान फुटाउन सक्छ ।

त्यही भएर कविता तिमी
हरेक बालबालिकासँग आऊ ।
देशको मुहार उज्यालो पार्नलाई आऊ
जन–जनको मुस्कानसँगै आऊ ।
आऊ तिमी विनासङ्कोच
शब्द अनि वाक्य बनेर आऊ ।
मेची तथा महाकालीको प्रवाहसँगै आऊ
देशलाई उच्च विकासको गतिमा पु¥याउन
अब तिमी नै आऊ ।
घर, बस्ती र गाउँबाट आऊ
सारा देशवासीको मनबाट आऊ ।
देश जलाउन हैन– बनाउनेगरी आऊ
गरीबको मन रमाउनेगरी आऊ ।

  • प्रकाश खनाल
    कागेश्वरी मनोहरा–६, मूलपानी
    काठमाडौं