सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याउने तयारी भएको छ । शरीरको बाहिरी भागमा सामान्य चोट लागेका खड्कालाई धुम्बाराहीमा रहेको ह्याम्स अस्तपालमा ल्याउने तयारी भइरहेको हो । हिउँमा फसेका पर्यटकको उद्धार गर्न लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा दुर्घटना परेको हो ।
हेलिकप्टरमा चालक विवेक खड्का मात्रै थिए। दुर्घटनापछि उनलाई कैलाश हेलिकप्टरले उद्धार गरेर लुक्ला अस्पताल पु¥याएको छ । लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा क्षति पुगेको छ । हेलिकप्टरमा आगलागी भने भएको छैन् ।




प्रतिक्रिया