काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले पार्टीको १५औं महाधिवेशन मंसिर अन्तिम वा पुुसभरीमा हुने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले कांग्रेसको नियमित महाधिवेशन नै हुने बताएका हुन् । नियमित महाधिवेशनमा जानका लागि महानमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि तयार भइसकेको उनले बताए ।
नेता रिजालले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिइसकेको र उनले पनि महाधिवेशन चाहेको बताए । कांग्रेसले आफूलाई सुधार गर्दै भविष्यमा आम जनताको इच्छा, आकांक्षा पूरा गर्नेतर्फ लाग्ने उनले बताए ।
साथै, प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सरकार, जेन–जी समूह र राजनीतिक दलबीचको त्रिपक्षीय वार्तामा कांग्रेस सहभागी हुने पनि उनले बताए । कांग्रेस चुनावमा जान तयार रहेको र आजको आवश्यकता भनेको निर्वाचन नै रहेको उनले बताए । ‘निर्वाचनको विकल्प छैन । संसद् पुनर्स्थापना कांग्रेसको एजेण्डा होइन । निर्वाचनमै जानुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारले वातावरण बनाइदिनुपर्यो,’– उनले भने ।




प्रतिक्रिया