दुर्गा प्रसाईँलाई गिरफ्तार गर्न बालेनले दवाब बढाएको खुलासा


काठमाडौं, १२ कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफूलाई गिरफ्तार गर्नका लागि दवाब बढाएको बताएका छन् । आज (बुधबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुराको खुलासा गरेका हुन् । ‘बालेनजीले अहिले मलाई खेद्नुहुँदै छ नि, दुर्गा प्रसाईँलाई पक्री भनेर,’– उनले भने ।

बालेन पक्षधर चार÷पाँच जनाले राम्रा चिजजति सबै बालेनले बनायो भनेर भ्रम सिर्जना गरेको पनि उनले बताए । प्रसाईँले बालेन पनि एक दिन आफ्नो घरमा शरण पर्न आउनुपर्ने दाबी गरे । ‘बालेनले पनि एकदिन मेरा घरमा आउनुपर्छ मलाई जोगाइदेउ भनेर । हेर्दै जानुस् । म दुर्गा माताको भक्त हुँ, मैले बोलेको पुगेन भने मलाई भन्नु,’– उनले भने ।